समाज


फोरके गेमिङले कोरोना संक्रमितको लागि एकैदिनमा संकलन गरे १ लाख ६५ हजार

फोरके गेमिङले कोरोना संक्रमितको लागि एकैदिनमा संकलन गरे १ लाख ६५ हजार

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ८:३८,

फोरके गेमिङको फेसबुक पेजअनुसार १ लाख ३९ हजार ५८६ एकैदिनमा संकलन गरिएको हो। उनका फेसबुक तथा युट्युबका समर्थकले उनलाई ती रकम सहयोग प्रदान गरेका हुन्।

त्यस्तै उनले व्यक्तिगत तर्फबाट २५ हजार सहयोग गरेसँगै कुल १ लाख ६४ हजार ५८६ रुपैयाँ संकलन भएको छ।

यो पैसा कोरोना संक्रमितको हितको लागि खर्च हुने बताइएको छ। यस पैसाले अक्सिजन सिलिन्डर खरिद गरिनेछ।

फोरके गेमिङकका अनुसार यो रकम महाबिर पुनलाई हस्तान्तरण गरिनेछ। हाल वैज्ञानिक महाविर पुनको टोलीले कोरोना संक्रमितको लागि अक्सिजन सिलिन्डर व्यवस्थापन गरिरहेको छ।

अनलाईन भिडिओगेम पब्जी लगायत अन्य गेम खेलेर चर्चा बटुलेका फोरकेलाई नेपालका अधिकाँश युवाहरु निकै रुचाउँछन्। कारण उनी निकै रमाइला छन्।

उनले फेसबुक पेजमै सबै सहयोगी हातहरुलाई धन्यवाद पनि भनेका छन्।

यसअघि फोरकेले धुर्मुस-सुन्तलीले निर्माण गरिरहेकाे गाैतमवुद्ध अन्तराष्ट्रिय रंगशालालाइ पनि ८८ हजार रुपैयाँ सहयाेग गरेका थिए।

सबैले फोरके भनेर चिनिने यी २७ वर्षका गेमरको नाम पवन जंग शाही ठकुरी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .