मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै सो आग्रह गरिएको हो।
सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफका प्रमुख हानरिता फोरले सो आग्रह गरेका हुन्।
गाजामा जारी रहेको हिंसाले अवस्था दिन प्रतिदिन गम्भीर भएको उनको भनाइ छ।
यो हिंसाले यहाँका परिवारहरु मारिएका र घरबारबिहीन भएका कारण यहाँका नागरिकमा परेको समस्याको असर बालबालिकामा परेको उनले बताइन्।
युद्धग्रसत रहेको क्षेत्र गाजाबाट कम्तीमा पनि ३० हजार जना बालबालिका विस्थापित भएका बताइएको छ। प्यालेस्टाइनीहरुको अधिनमा रहेको सो क्षेत्रका ठूलो संख्याका बालबालिका समस्यामा परेको सो कोषको भनाई छ।
साथै गाजा क्षेत्रमा बढ्दो हिंसाका कारण यहाँका कम्तीमा दश लाख बालबालिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा युद्धको असर परिरहेको पनि उनको भनाइ छ।
सो क्षेत्रमा बालबालिकासहित सबै नागरिकका लागि आवश्यक मानवीय सहायता पनि पुग्न नसकेको सयुक्त राष्ट्रसंघीय सो निकायले बताएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया