समाज


कोरोना संक्रमितको उपचारमा प्रयोग हुने ‘रेम्डिसिभिर’को उत्पादन अब नेपालमै हुने

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने ‘रेम्डिसिभिर’को उत्पादन अब नेपालमै हुने

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १:३७,

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने ‘रेम्डिसिभिर’ औषधिको उत्पादन अब नेपालमै हुने भएको छ।

वीरगञ्जस्थित नेसनल हेल्थकेयरले रेम्डिसिभिर औषधिको उत्पादन गर्न लागेको हो। हेल्थकेयरलाई यो औषधि उत्पादनको अनुमति दिइएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए।

अबको एक महिनाभित्रमा नेसनल हेल्थ केयरले रेम्डिसिभिरको उत्पादन सुरु गरिसक्ने उनले बताए।

हाल नेपालमा रेम्डिसिभिरको चरम अभाव छ। अभाव सुरु भएसँगै यसको कालोबजारीसमेत भइरहेको छ। कालोबजारीमा संलग्न केही औषधि पसलेलाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ। कतिपयले रेम्डिसिभिरको सिसिमा अन्य औषधि भरेरसमेत बिक्री गरेका घटना सार्वजनिक भएको छ।

कालोबजारी बढेपछि सरकारले रेम्डिसिभिरको मूल्य प्रति भाइल ४९ सय तोकेको छ। तर, कतिपय औषधि पसलेहरुले यसको मूल्य प्रति भाइल ४५ हजारसम्म असुलेका छन्।

नेपालमा भारतबाट रेम्डिसिभिर आयात हुँदै आएको थियो। तर, पछिल्लो समय भारतमै यसको माग उच्च बनेसँगै निर्यातमा भारतले रोक लगाएको छ। भारतले रोक लगाएपछि अहिले बंगलादेशबाट यसको आयात हुने गरेको विभागले जनाएको छ। तर माग अनुसार आपुर्ति नहुँदा बजारमा यसको अभाव र कालोबजारी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad