समाज


स्पेनबाट स्वास्थ्य सामग्री बिहीबार ल्याइँदै

स्पेनबाट स्वास्थ्य सामग्री बिहीबार ल्याइँदै

नेपालखबर
जेठ ५, २०७८ बुधबार १५:२८,

भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर तथा व्यक्तिगत सुरक्षा उपकरणलगायत सामग्रीसहित स्पेनले पठाएको विशेष विमान बिहीबार काठमाडौं आउँदैछ।

स्पेन सरकारका तर्फबाट ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न त्यहाँका अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (एईसीआइडी)का निर्देशक माग्दे मार्टिन्ज सोलीमान सोही विमानमा नेपाल आउँदै छन्।

यसैबीच स्पेनले नेपाललाई द्विपक्षीय तह, युरोपेली संघमार्फत र अन्य माध्यमबाट सघाउने बताएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका बाह्य मामिला, युरोपेली संघ तथा सहायतामन्त्री अरञ्चा गोञ्जालेज लायाबीच आज भएको टेलिफोन वार्तालापमा स्पेनले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको हो।

मन्त्रीद्वयबीचको कुराकानीका क्रममा नेपाल–स्पेन सम्बन्धका विविध पक्षका साथै सहयोगबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चिकित्सा उपकरण एवं सामग्रीको उदार सहायताका निम्ति स्पेन सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै मन्त्री ज्ञवालीले कोभिड –१९ को बढ्दो नयाँ लहरविरुद्ध जुधिरहेको नेपाललाई मित्रवत् स्पेनी सरकार र जनताबाट प्राप्त सहयोग अतिमहत्वपूर्ण भएको बताए।

स्पेनीमन्त्री लायाले निषेधाज्ञाका कारण बिचल्लीमा परेका आफ्नो देशका नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले निर्वाह गरेको सहजकर्ताको भूमिकाको सराहना गरेका पनि मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad