‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याइएको छ।
दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टलाई ध्यानमा राखी छिट्टै बुङमती लागिएको हो।
अपराह्न ३ बजे खटमा हालेर ५ बजे बुङमती पुर्याइएको ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए।
खोकना दोबाटोबाट सो मन्दिरसम्म लगभग साढे दुई किलोमिटर दूरीको यात्रामा खोकनाका साथै बुङमतीवासीले संक्रमणको ख्याल नगरी छ्वाली बालेर बाटो देखाउँदै स्वागत गरेको शाक्यले जानकारी गराए।
संघका पुजारीले अब दुईदुई हप्ताका पालोमा आजदेखि लोकेश्वरको दैनिक पूजा आदि कर्म गर्नेछन्।
3
Shares

प्रतिक्रिया