प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ।
पारिवारिक श्रोतका अनुसार काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत कार्कीको बुधबार निधन भएको हो।
कोरोना संक्रमण भएपछि उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो।
किस्ट मेडिकल कलेजको आँखा विभागको प्रमुखमा कार्यरत कार्की प्रतिष्ठित नेत्र रोग विशेषज्ञ हुन्।

प्रतिक्रिया