समाज


डब्लूएचओ भन्छः लामो समय काम गर्दा वार्षिक ७ लाख ४५ हजारको ज्यान गइरहेछ

डब्लूएचओ भन्छः लामो समय काम गर्दा वार्षिक ७ लाख ४५ हजारको ज्यान गइरहेछ

नेपालखबर
जेठ ३, २०७८ सोमबार ११:३७,

डब्लूएचओले सन् २०१६ को तथ्यांकलाई उल्लेख गर्दै भनेको छ,‘लामो समय काम गर्दा हरेक वर्ष ७ लाख ४५ हजार व्यक्तिको हृदय तथा मस्तिष्कघातका कारण मृत्यु भइरहेको छ।’

अध्ययनअनुसार दक्षिणपूर्वी एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका मानिसहरु लामो समय काम गर्दछन् र उनीहरुमा नै धेरै समस्या निम्तने सम्भावना छ।

अनुसन्धानअनुसार हप्तामा ३५ देखि ४० घण्टा काम गर्ने मानिसमा हृदयघात र मस्तिष्कघात हुने सम्भावना कम हुन्छ।

तर यसको तुलनामा हप्तामा ५५ घण्टा र सोभन्दा बढी काम गर्ने मानिसमा ३५ प्रतिशत मस्तिष्कघात र १७ प्रतिशत हृदयघात हुने सम्भावना बढी हुन्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .