ad ad

समाज


भारतमा बनेको कोरोनाविरुद्धको खाने औषधि सार्वजनिक, यसले के गर्छ?

भारतमा बनेको कोरोनाविरुद्धको खाने औषधि सार्वजनिक, यसले के गर्छ?

नेपालखबर
जेठ ३, २०७८ सोमबार ८:२३,

भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले विकास गरेको २–डीजी औषधि रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष वर्द्धनले सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज तयार भएको बताइएको छ।

स्वास्थ्यमन्त्री हर्ष वर्द्धन भन्छन्,‘यस औषधिको सेवनले कोरोना संक्रमित चाँडै निको हुन्छन् र यसले अक्सिजनमा भर पर्नुपर्ने अवस्थालाई कम गर्छ।’

२-डीजी पाउडरका रूपमा प्याकेटमा आउँछ, जसलाई पानीमा घोलेर पिउन सकिन्छ। ग्यास्ट्रिक र अपचको समस्यामा प्रयोग हुने औषधिजस्तै पानीमा घोलेर पिउने हो।

यो औषधिले त्यस्ता संक्रमितलाई स्वस्थ हुन मद्दत पुर्‍याउँछ, जसलाई सास फेर्न समस्या हुन्छ। परीक्षणका क्रममा यो औषधिले अस्पतालमा भर्ना भएका बिरामीलाई सञ्चो पार्न सहयोग गर्नाका साथै अक्सिजनको आवश्यकता पनि घटाएको पाइयो। रक्षा मन्त्रालयले भनेको छ : जारी दोस्रो लहरको कोरोना महामारीका कारण ठूलो संख्यामा बिरामीलाई अक्सिजन दिनुपर्ने तथा अस्पताल भर्ना गर्नुपरेको छ। यस औषधिले अमूल्य जीवन बचाउने अपेक्षा गरिएको छ। साथै कोरोना संक्रमितलाई अस्पतालमा बस्नुपर्ने समय पनि घटाउनेछ।’

कोरोनासँग लडिरहेका बिरामीलाई यो औषधि निकै लाभकारी हुन्छ। यही मे १ देखि यो औषधिलाई मध्यम तथा गम्भीर लक्षणका कोरोना संक्रमितको उपचारमा सहायक विधिका रूपमा आपतकालीन प्रयोग गर्न डीसीजीआईले अनुमति दिइसकेको छ। २-डीजी औषधि भाइरसबाट संक्रमित कोषिकामा जम्मा हुन्छ र भाइरसको वृद्धि रोक्छ। औषधिको प्रभावबारे मन्त्रालयले भनेको छ : लक्षणयुक्त जुन जुन बिरामीमा यो औषधि प्रयोग गरिएको थियो, उपचार प्रक्रियाको मानक (एसओसी) भन्दाअघि नै उनीहरू ठीक भए। २-डीजी प्रयोग गरिएका धेरैजसो संक्रमितको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए।’

यो पनि : भारतमा तयार कोरोना संक्रमणविरुद्ध खाने पाउडर औषधि कस्तो हो? सात जिज्ञासा र जवाफ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .