समाज


खोप कार्यक्रमबारे ललितपुर महानगरले गर्‍यो ६ निर्णय (पत्रसहित)

खोप कार्यक्रमबारे ललितपुर महानगरले गर्‍यो ६ निर्णय (पत्रसहित)

नेपालखबर
जेठ ३, २०७८ सोमबार ७:३१,

ललितपुर महानगरपालिकाले कोरोना संक्रमणविरुद्धको खोपबारे विभिन्न छवटा निर्णय गरेको छ।

पहिलो डोज चिनियाँ खोप (भेरोसिल) लगाएका व्यक्तिलाई दोस्रो डोज खोप यही ६ गतेदेखि १३ गतेसम्म सञ्चालन गर्नेसहित महानगरपालिकाले विभिन्न निर्णय गरेको हो।

के-के भए निर्णय?
निर्णय नं १
कोरोना भाइरस विरुद्धको पहिलो डोज चाइनिज खोप (भेरोसिल) लगाएका व्यक्तिहरुलाई दोस्रो डोज खोप यही २०७८ जेठ ६ गते देखि १३ गतेसम्म (शनिबारबाहेक) सञ्चालन गर्ने।

यसका लागि प्रत्येक वडामा उपलब्ध खुल्ला तथा स्वास्थ्य सुरक्षाका दृष्टिले उपयुक्त स्थान छनौट गरी महानगरपालिकाका २९ वटै वडाहरुमा खोप केन्द्र राखि कार्यक्रम सन्चालन गर्ने ।

उल्लेखित आधारमा उपयुक्त खोप केन्द्र छनौट गरी यहि जेठ ३ गते भित्र सम्बन्धित बड़ा अध्यक्षले नगरस्तरिय खोप समन्वय समितिमा जानकारी गराउने साथै जिल्ला स्वास्थ्य कार्यालय, महानगरपालिका समेत संग समन्वय गरीइ खोप कार्यक्रमको सम्योजन सम्बन्धित बडाले गर्ने ।

निर्णय नं २
खोप कार्यक्रम सन्चालन गर्नका लागि बडामा उपलब्ध भ्याक्सिनेटर र स्वयंसेवक लगायतका आवश्यक जनशक्ति समयबद्ध तरिकाले खटाउने प्रबन्ध सम्बन्धित बडाले मिलाउने । खोपमा खटिएका जनशक्तिलाई आवश्यक पर्ने पोशाक तथा स्वास्थ्य सुरक्षा सामाग्री, भ्याक्सिन जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने

निर्णय नं ३
खोप कार्यक्रम सन्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त अख्तियारी र मापदण्ड भन्दा बढी जनशक्ति र स्वास्थ्य सुरक्षा सामाग्री आवश्यक परेको खण्डमा बड़ा कार्यालयलाई कोभिड रोकथाम तथा नियन्त्रण शिर्षकमा विनियोजन गरिएको रु। तीन लाख बजेटबाट सम्बन्धित बडाले खर्च गर्ने।

निर्णय नं ४
खोप कार्यक्रमलाई प्रभावकारी र ब्यवस्थित बनाउन आवश्यक अन्य कियाकलापहरु सम्बन्धित बडाले निर्णय गरी सन्चालन गर्ने र सोको जानकारी महानगरीय खोप समन्वय समितिलाई गराउने ।

निर्णय नं. ५
खोप कार्यक्रमसँग सम्बन्धित विषयको सूचना तथा जानकारी सरल भाषामा हरेक टोल टोलमा सम्बन्धित बडाले गर्ने र गराउने यस प्रयोजनका लागि नगर प्रहरी बल लगायत अन्य सरोकारवालाको समेत व्यापक परिचालन गर्ने । 

निर्णय नं. ६
खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण परिपालना र न्यूनतम ४ मिटरको दुरी कायम गर्ने । सोका लागि महानगरीय प्रहरी परिसरलाई सुरक्षा व्यवस्था कायम गर्न अनुरोध गर्ने र यसकार्यक्रमको सूक्ष्म अनुगमन समेत गर्ने।

lalitpur nagar khop

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad