समाज


दिल्लीमा कोरोना संक्रमण नियन्त्रण उन्मुख

दिल्लीमा कोरोना संक्रमण नियन्त्रण उन्मुख

नेपालखबर
जेठ ३, २०७८ सोमबार ०:९,

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा बन्दाबन्दीको कारण सङ्क्रमण नियन्त्रणका लागि सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।

राज्य सरकारले केन्द्रको समन्वयमा लकडाउन पुनः एक हप्ताका लागि बढाएको छ । मुख्यमन्त्री केजरीवालले लकडाउन थप एक साता बढाउने निर्णय भएको पुष्टि गरेका छन्।

दिल्लीमा लकडाउन पहिले सङ्क्रमण दर ३५ प्रतिशतको हाराहारीमा थियो। आइतबार सङ्घीय मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दिल्लीको सङ्क्रमण दर १०.४० प्रतिशतमा झरेको छ।

दिल्लीमा जारी लकडाउन सोमबारदेखि थप एक हप्ता अर्थात् मे २४ सम्म लम्ब्याइएको छ। मुख्यमन्त्री केजरीवालले कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएको भन्दै केन्द्र सरकारलाई पत्राचारसमेत गरेका छन्। खोपको अभाब नभएमा आगामी तीन महिनाभित्र सबैलाई पहिलो चरणको खोप लगाइसकिने पनि केजरीवालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .