समाज


बिहे भोजमा सहभागी हुँदा कोरोना संक्रमण : एकै परिवारका चार जनाको मृत्यु

बिहे भोजमा सहभागी हुँदा कोरोना संक्रमण : एकै परिवारका चार जनाको मृत्यु

नेपालखबर
जेठ २, २०७८ आइतबार ०:६,

बागलुङको बडिगाड गाउँपालिकामा कोरोना संक्रमणको कारण १५ दिनको अवधिमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

बडिगाड गाउँपालिका–४ जलजलामा कोरोना संक्रमणको कारण बुवा, दुई छोरा र एक छोरीले ज्यान गुमाएका हुन्। स्वास्थ्य मापदण्डको पालना नगरी विवाह भोजमा सहभागी हुँदा उनीहरुमा संक्रमण फैलिएको स्थानीयले बताएका छन्।

उनीहरु गएको वैशाख ११ गते विवाह भोजमा सहभागी भएका थिए। परिवारका ज्येष्ठ सदस्य ८७ वर्षीय बुवा, ५४ वषर््ािया छोरी, ५१ वर्षीय छोरा र ४० वर्षीय छोराको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए।

वैशाख १७ गते बुवा, वैशाख ३० गते ४० वर्षीय छोरा, वैशाशाख ३१ गते ५१ वर्षीय छोरा र जेठ १ गते ५४ वर्षीया छोरीको मृत्यु भएको हो। १५ दिनको अवधिमा एकै परिवारका चार सदस्यले कोरानाकै कारण ज्यान गुमाएपछि गाउँ नै शोकाकूल भएको स्थानीय विष्णु भुषालले बताए।

बिहे भोजपछि क्रमशः बिरामी परेका उनीहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। भोजमा सहभागी भएको एक सातापछि उनीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने लगायतका लक्षण देखिन थालेको थियो।

भोजमा सहभागी भएका सोही गाउँका अन्य दुई जनाले पनि ज्यान गुमाएका स्वास्थ्य कार्यालयले जनाएको छ। योसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको स्वास्थ्य कार्यालय बागलुङमाले जनाएको छ।

बिहे भोजबाटै कोरोना संक्रमित भएका केहीको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित केही अझै पनि आफ्नै घरमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad