समाज


रातो मत्स्येन्द्रनाथको रथ तानियो

रातो मत्स्येन्द्रनाथको रथ तानियो

नेपालखबर
जेठ १, २०७८ शनिबार १४:४४,

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज तानिएको छ।

हरेक वर्ष मत्स्येन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ।

कोरोना संक्रमणको जोखिम बढेपछि मत्स्येन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ।

रथमा बिराजमान मत्स्येन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो।

गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामय पनि मानिने मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो।

यस वर्ष कोरोना महामारीका कारण भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र समेत तोकेको छ।

गत वर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो। यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मत्स्येन्द्रनाथको रथ रहेको आसपास क्षेत्रमा निषेधित क्षेत्र तोकेको छ।

रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर ५०० मिटरको दूरीमा निषेधित क्षेत्र तोकेको छ। कोरोना महामारीका बिचमा पनि मानिसहरु सयौँको संख्यामा उपस्थित भएर रथ तानिएको छ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष रथ तान्दा केही हदसम्म भौतिक दुरी कायम गरिएको छ।

कोरोना संक्रमणको जोखिमले रथलाई पुरा शहर नघुमाइ पुल्चोक रथ बनाएको स्थाबाट उत्तरतर्फ रहेको सोह्रखुट्टेपाटीसम्म तानेर (करिब ३० मिटर अगाडि) जात्रा विसर्जन गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad