पूर्वराजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेका छन्।
थापाथलीस्थित नर्भिक हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई शाह वुधबार राति ८ बजे डिस्चार्ज भएका थिए।
पूर्वराजा शाहले कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेशा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभचिन्तकप्रति आभार प्रकट गरेका हुन्।
यसैगरी पूर्वराजपरिवारका सदस्यहरु स्वस्थ भई डिस्चार्ज भइसकेपछि नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले पनि एक ट्वीट गर्दै खुशी व्यक्त गरेका छन्।
पूर्वराजा शाह, पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भई उपचारका लागि नर्भिकमा भर्ना भएका थिए।
पूर्वराजा र अधिराजकुमारीको सामान्य अवस्थामै उपचारलाई जारी राखिएको थियो भने पूर्वरानीको अवस्था भने निकै जटिल बनेको थियो। उनलाई हाइफ्लो अक्सिजनको सपोर्टसहित केही दिन आइसियूमा राख्नु परेको थियो।

प्रतिक्रिया