ad ad

समाज


सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौं ल्यायो

सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौं ल्यायो

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १४:३,

नेपाली सेनाले आज गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौं ल्याएको छ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वारा र ३४० सिलिण्डर अक्सिजन ट्रकमार्फत ढुवानी गरी काठमाडौं ल्याएको थियो।

विराटनगरबाट हिजो र आज काठमाडौं ल्याइएको अक्सिजन आवश्यकताका आधारमा काठमाडौं उपत्यकाका विभिन्न अस्पताललाई उपलब्ध गराइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

केही दिनअघि पनि सेनाले बाराको सिमराबाट आफनो संयन्त्रमार्फत अक्सिजन सिलिण्डर संकलन गरी हेलिकप्टरद्वारा तुरुन्त ढुवानी गरी रुपन्देहीका विभिन्न अस्पताललाई उपलब्ध गराएको थियो।

पछिल्ला केही दिनमा मुलुकका विभिन्न अस्पतालमा अक्सिजनको अभावमा बिरामीको उपचारमा समस्या देखिएपछि अक्सिजनको व्यवस्थापन र ढुवानीलाई सेनाले पहिलो प्रथामिकतामा राखेर काम गर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .