नेपाली सेनाको टोलीले आमादब्लम हिमालको सफल आरोहण गरेको छ।
'सफा हिमाल अभियान-२०२१' संचालन गरिरहेको सेनाले हाई क्याम्पको फोहोर संकलन गर्ने क्रममा आमादब्लम आरोहण गरेको हो।
सहसेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङ्ग सहित फुरी ग्याल्जेन शेर्पा र पासाङ्ग तेन्जी शर्पासहितको टोलीले आज उक्त हिमालको आरोहण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सेनाको टोली हिजो राती आमादब्लमको दोस्रो शिबिरबाट हिमालको चुचुरोतर्फ प्रस्थान गरेको थियो।
सेनाले बैशाख १२ गतेबाट सगरमाथासहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ 'सफा हिमाल अभियान-२०२१' अभियान चलाइरहेको छ।
3
Shares
प्रतिक्रिया