समाज


भारतमा घट्दै कोरोनाको प्रभाव, संक्रमितकै दरमा पुग्यो कोरोनामुक्त हुनेको संख्या

भारतमा घट्दै कोरोनाको प्रभाव, संक्रमितकै दरमा पुग्यो कोरोनामुक्त हुनेको संख्या

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ६:५७,

कोरोनाबाट अतिप्रभावित क्षेत्रमा लकडाउनजस्ता उपाय अपनाइँदा कोरोनाको प्रभाव घट्न थालेको बताइएको छ।

गएको २४ घण्टामा भारतमा ३ लाख ६२ हजार नयाँ कोरोना संक्रमित थपिएका छन्।

यसबीचमा सोही अवधिमा ३ लाख ५२ हजार कोरोना संक्रमित कोरोनामुक्त भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसको अर्थ झन्डै एउटै अनुपातमा कोरोना नयाँ संक्रमित र निको हुने दर पुगेको छ।

केही समय अगाडिसम्म भारतमा ४ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका थिए। अहिले कोरानो संक्रमितको दर पनि घट्दै गएको छ।

मन्त्रालयका अनुसार भारतमा गएको २४ घण्टामा भाइरसका कारण ४ हजार १२० संक्रमितको मृत्यु भएको छ। यस्तै अहिले भारतमा ३७ लाख सक्रिय संक्रमित भएको पनि जानकारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad