अफगानिस्तानमा विवाह समारोह लक्षित बम आक्रमण हुँदा ६३ जनाको मृत्यु भएको छ। अन्य १ सय ८० जना भन्दाबढी घाइते भएको बीबीसीले जनाएको छ।
उक्त बम आक्रमण आत्मघाती आक्रमण भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। एक व्यक्तिले उक्त घटना गराएको जनाइएको छ।
अधिकारीहरुका अनुसार शनिबार राति सिया मुसलमानबहुल क्षेत्रमा भएको विवाह समारोहमा आक्रमण भएको हो।
सुन्नी मुसलमानका अतिवादी समूह तालिबान, आइएसले अफगानिस्तान तथा पाकिस्तानका सियाबहुल क्षेत्रमा आक्रमण गर्दै आएका छन्।
तर यस आक्रमणमा आफ्नो कुनै हात नभएको तालिबानले प्रतिक्रिया जनाएको छ। आइएस भने मौन छ। अन्य कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन।
दशदिन अगाडिमात्र काबुल प्रहरी चौकी बाहिर तालिबान समूहले आक्रमण गर्दा १४ जनाको मृत्यु भएको थियो भने १ सय ५० जना घाइते भएका थिए।
Shares
प्रतिक्रिया