कारोबार


८० जना अट्ने क्यानडेली कम्पनीको विमान ल्याउँदै श्री एयरलाइन्स

८० जना अट्ने क्यानडेली कम्पनीको विमान ल्याउँदै श्री एयरलाइन्स

नेपालखबर
भदौ १, २०७६ आइतबार ६:१८,

श्री एयरलाइन्सको नयाँ जहाज आज काठमाडौं अवतरण गर्ने भएको छ। कम्पनीले क्यानेडियन विमान निर्माता बम्बार्डियरको ‘क्यू ४०० डास ८’ कलसाइनकाे जहाज ल्याउनलागेको हो। यसबाहेक कम्पनीले थप दुईवटा जहाज पनि यही महिना ल्याउने जानकारी दिएको छ।

आज आइपुग्ने जहाज ८० सिट क्षमताको रहेको छ। अन्तर्राष्ट्रिय उडानका साथै आन्तिरक उडानका लागि नयाँ गन्तव्यहरुमा उडान भर्न थप जहाजहरु ल्याउने कम्पनीकाे याेजनाअनुसार नयाँ जहाज ल्याउनलागेकाे हाे। नयाँ आउने जहाजले पोखरा, सिमरा र जनकपुर उडान गर्ने जनाइएको छ। दुई जहाजसँगै श्रीसँग छवटा जहाज हुनेछन्। आज आउनलागेको विमान टर्बोप्रोप इन्जिनयुक्त रहेको छ।

श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट केही दिनअघि नै अनुमति पाइसकेको छ। अनुमति पाउनुअघि कम्पनीले भारतको बनारसमा सफल परीक्षण उडान गरेको थियाे। 

याेसँगै अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनीको संख्या चार पुगेको छ। हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन्।

अनुमति पाएसँगै कम्पनी अहिले अन्तर्राष्ट्रिय उडानको तयारीमा जुटेकाे कम्पनीका महाप्रबन्धक अनिल मानन्धरले बताए। भारतको नयाँ दिल्ली, कलकत्ता, अहमदाबाद, ब्यांगलोर र बंगलादेशको ढाकामा उडानका लागि कम्पनीले प्राथमिकता दिएको उनले बताए।

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गरेको एयरलाइन्सले बताएको छ।

५० सिट क्षमताको सीआरजे २०० र ७० सिट क्षमताको सीआरजे ७०० जहाजबाट भारत र बङ्गलादेशमा उडान गरिने बताइएको छ। श्री एयरलाइन्ससँग चारवटा सीआरजे २०० र दुई सीआरजे ७०० जहाज अहिले रहेका छन्।

सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान सुरु गरेको एयरलाइन्सले अहिले आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर नेपालगञ्जलगायत स्थानमा उडान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .