ad ad

समाज


कोरोना संक्रमणबाट पोखराका पत्रकार गणेश पौडेलको निधन

कोरोना संक्रमणबाट पोखराका पत्रकार गणेश पौडेलको निधन

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ५:४२,

कोरोना संक्रमणका कारण पोखराका पत्रकार गणेश पौडेलको निधन भएको छ।

संक्रमणपछि गण्डकी मेडिकल कलेजमा उपचाररत पौडेलको आज निधन भएको हो।

पोखरा ३३ बागमरा निवासी ४० वर्षीय पौडेल एक साता अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए।

पौडेल पोखराबाट ब्रोडकास्ट हुने गण्डकी टेलिभिजनका प्रबन्ध निर्देशक हुन्। क्यामेरा पर्सन हुँदै पत्रकारितामा प्रवेश गरेका पौडेलसहितको टिमले संचालनक गरेको गण्डकी छड्के कार्यमक्रम चर्चित छ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमाला भण्डारीले पौडेलको निधनमा दु:ख व्यक्त गरेकी छन्।

पौडेलका श्रीमति र दुई छोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .