समाज


मर्निङवाकमा जाँदा हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

मर्निङवाकमा जाँदा हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ३:२३,

जंगली हात्तीको आक्रमणबाट बिहीबार बिहान झापाको कमल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।

कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जंगली हात्तीको आक्रमणमा परी ज्यान गएको हो। आज बिहान मर्निङवाकमा गएको बेला उनलाई हात्तीले आक्रमण गरेको हो।

बिहान ५ बजे रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा लिम्बूलाई हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .