समाज


कोरोना महामारी : पाकिस्तानमा २ सय चिकित्सकको मृत्यु

कोरोना महामारी : पाकिस्तानमा २ सय चिकित्सकको मृत्यु

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ०:१८,

कोरोना संक्रमणको कारण पाकिस्तानमा अहिलेसम्म २ सय २ जना चिकित्सकको मृत्यु भएको छ। पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले बुधबार यो जानकारी गराएको हो।

पीएमएले कोरोना भाइरसका कारण निधन भएका २०० भन्दा बढी डाक्टरका परिवारलाई क्षतिपूर्ति ‘शुहुदा प्याकेज’ दिन पाकिस्तानी सरकारसँग आग्रह गरेको पाकिस्तानबाट प्रकाशन हुने अङ्ग्रेजी पत्रिका ‘द न्युज इन्टरनेसनल’ले जनाएको छ।

कोरोना संक्रमणको ज्यान गुमाउने ७४ चिकित्सक पञ्जाब राज्यका हुन् भने ६४ सिन्धका हुन्।

त्यसैगरी खैबर पख्तूङ्ख्वाका ५३ जना, बालोचिस्तान ५ जना, पाकिस्तान प्रशासित कश्मीर (पीओके)का तीन जना र एक जना गिलगित–बाल्टिस्तानका चिकित्सकले ज्यान गुमाएका ‘द न्युज इन्टरनेसनल’को रिपोर्टमा उल्लेख छ।

मृतकमध्ये २४ मेडिकल अधिकृत, १९ चिकित्सक र १३ बालरोग विशेषज्ञ तथा केही नाक, कान, घाँटी विशेषज्ञ छन्। ती चिकित्सकको अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा मृत्यु भएको पीएमएले जानकारी गराएको छ।

पीएमएले मृतक स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा सङ्क्रमित भई ज्यान गुमाएका भन्दै उनीहरूका परिवारजनलाई ‘सुहुदा प्याकेज’ उपलब्ध गराउन आग्रह गरेको हो।

पाकिस्तानी तथ्याङ्कअनुसार बुधबार पाकिस्तानमा दुई हजार ८६९ व्यक्ति सङ्क्रमित भएका छन्। त्यहाँ सङ्क्रमण दर ७.४२ प्रतिशत छ। पाकिस्तानमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ हजार ५३६ छ। त्यहाँ अहिलेसम्म सात लाख ७१ हजार ६९२ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .