इटलीमा एक महिलालाई एकैपटक कोरोना खोपका ६ डोज लगाइएको छ। फाइजर कम्पनीद्वारा उत्पादित खोप लगाउने क्रममा भूलवश एक बोतलको पूरै औषधि परेको हो।
त्यसरी ६ पल्टलाई पुग्ने औषधि एकैपटक दिइए पनि ती महिलालाई केही भएको त छैन तर निगरानीका लागि अस्पतालमा भर्ना गरिएको थियो। तर कुनै असर नदेखिएपछि डिस्चार्ज गरिएको छ। यद्यपि अहिले पनि निगरानी जारी छ।
टस्कनीस्थित नोआ अस्पतालमा ती २३ वर्षीया महिलालाई खोप दिइएको थियो। अस्पतालका व्यवस्थापक डानियला गियानलीले सीएनएनसँग ती महिलाको अवस्था ठीक रहेको र कुनै रोग नरहेको बताएका छन्।
एकैपटक ६ डोज भ्याक्सिन दिइएपछि उनलाई २४ घण्टासम्म अस्पताल राखेर सोमबार डिस्चार्ज गरिएको हो।
एक स्वास्थ्यकर्मीले गलत सिरिन्जमा बोतलको पूरै औषधि तानेर खोप लगाइदिँदा एकैपटक ६ मात्राको औषधि परेको हो। एजेन्सी
Shares

प्रतिक्रिया