समाज


कोभिडका बिरामीका लागि रक्तदानको तयारी

कोभिडका बिरामीका लागि रक्तदानको तयारी

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १०:२२,

विभिन्न संघसंस्थाहरुले कोभिड–१९ का बिरामीहरुका लागि काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएका छन्।

रगतको चरम अभाव भएका कारण जेष्ठ १ गते शनिवार रातोपुलमा आकस्मिक रक्तदान कार्यक्रण हुने छ। रातोपुलको नेशनल बाथ रोग सेन्टरमा हुन लागेको रक्तदानमा कोभिडका बिरुद्ध पूर्ण सावधानी अपनाईने र प्रहरीसँग सहकार्य गरिने छ। उक्त दिन रक्तदातालाई त्यहाँसम्म आउन वातावरण मिलाउन आयोजक पक्ष लागिरहेका छन्।

रक्तदान लाईन्स क्लब अफ काठमाडौं सोसियल फ्रेण्ड, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मञ्चको संयुक्त आयोजनामा हुन लागिरहेको छ। आयोजकले रक्तदाता बढाई दिन सम्पूर्णलाई आव्हान पनि गरेको छ। नेपाल रेडक्रस सोसाईटीले फोन गरेर सामान्य गर्भवती महिला र अपरेसन हुनै पर्ने बिरामीको पनि रगत अभावले अपरेसन हुन नसकेको बताय पछि यस आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

लाईन्स क्लब अफ काठमाडौं सोसियल फ्रेण्डसका अध्यक्ष भुषणकुमार श्रेष्ठ भन्छन्, ‘यस्तै अवस्थामा हामीले सहयोग गर्ने हो र सम्भव भएसम्म हरेक दुई–दुई हप्तामा हामी सकेको रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौं। यस्तो अवस्थामा हामी बाहिर निस्कदैनौं, तर अत्यन्त आकस्मिक पर्यो भने जीवन रक्षाका निमित्त जस्तो पनि सहयोग गर्न तयार छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad