समाज


पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ, अक्सिजनको सपोर्ट चाहिन छोड्यो

पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ, अक्सिजनको सपोर्ट चाहिन छोड्यो

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ८:५१,

पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

कोरोना संक्रमण भएपछि १८ दिन अघि पूर्वरानी कोमल र छोरी प्रेरणासहित उनी नर्भिक अस्पताल भर्ना भएका थिए। शाहको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ।

उनको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको नर्भिकले जनाकारी दिएको छ।

पूर्वअधिराजकुमारी प्रेरणाको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका ‍पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको छ। उनको अवस्था अहिले सामान्य छ।

पूर्वरानी कोमल शाहलाई दिइएको अक्सिजनको मात्रा घटाइएको छ।

पूर्वरानीलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो।

उनको अवस्थामा सुधार भएपछि केही दिन अघिदेखि नै आईसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad