ad ad

समाज


काठमाडौं र काभ्रेका तीन संक्रमितलाई उपचारका लागि झापा लगियो

काठमाडौं र काभ्रेका तीन संक्रमितलाई उपचारका लागि झापा लगियो

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ११:२८,

कोभिड–१९ का तीन जटिल संक्रमितलाई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा पुर्‍याइएको छ।

भेन्टिलेटरसहित सघन उपाचार कक्ष (आईसीयू) तथा अक्सिजनको अभाव भएपछि काठमाडौंका दुई र काभ्रेपलाञ्चोकका एक संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी आज सो अस्पतालमा लगिएको हो।

यहाँस्थित ग्राण्डि अन्तर्राष्ट्रिय अस्पलतालका उपचाररत सोलखुम्बुका ५० वर्षीय सार्कि शेर्पा, मनमोहन मेमोरियल अस्पतालबाट दोलखाका ५५ वर्षीय चन्द्रबहादुर लाखे र काभ्रेका ३६ वर्षीय सुशीला योगी ‘हवाई बेड लिफ्ट’ गरी बीएण्डसी उपचारार्थ आएका अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमिश गिरीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइतबारदेखि २०० शय्या सञ्चालनमा ल्याएको थियो। अस्पतालमा हालसम्म अक्सिजनको अभाव नरहेको विज्ञप्तिमा उल्लेख छ।

मौज्दात रहेका ६५ भेन्टिलेटरसहित सघन उपाचार कक्ष (आईसीयू) मध्ये गम्भीर संक्रमितका लागि ५० शय्या छुट्याइएको र ६० चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ।

अस्पतालले २५ शय्या मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो। पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० शय्या रहेको छ। विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहेका छन्।

विज्ञप्तिमा महामारीको वर्तमान विषम अवस्थामा अस्पतालले संक्रमितलाई उपलब्ध आफ्नो श्रोत साधनले भ्याएसम्म उपचार सेवा प्रदान गर्न प्रतिवद्ध रहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .