समाज


साढे १७ लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ

साढे १७ लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १२:४३,

बर्दिया जिल्लाको राजापुर नगरपालिका ४ स्थित सतीघाट पुलबाट सशस्त्र प्रहरी टोलीले १७ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको टिकापुर नगरपालिका १ बस्ने २९ वर्षीय गोपाल चौधरी छन्।

सुपप्र ०१–००८ प ४१४५ नम्बरको मोटरसाइईकलमा सवार चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित भारतीय रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो।

एपीएफ टोलीले त्यसवेला चौधरीले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ।

एपीएफ टोलीद्वारा लागुऔषध बरामद
यता, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले ७६ बोतल डाईलेक्स डिसी, ११ बोतल कोडिन एक्जीप्लोन र १० बोतल कोडील नामक लागुऔषध बरामद गरेको छ।

त्यसबेला भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त लागुऔषध सोही ठाउँमा छाडी फरार भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .