गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।
योसँगै हालसम्म संक्रमणबाट गण्डकीमा २ सय ६२ जनाले ज्यान गुमाएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पछिल्लोपटक गण्डकीमा कास्की पोखरा महानगरपालिका १७ का ५३ वर्षीय पुरुष, रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय पुरुष, स्याङ्जा वालिङ नगरपालिका ३ का ४५ वर्षीय पुरुष, कास्की पोखरा महानगर ९ की ३१ वर्षीय महिला, म्याग्दी मालिका गाउँपालिका ५ का ५८ वर्षीय पुरुष, स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ।
त्यसैगरी, कास्की पोखरा महानगर २ की ५८ वर्षीया महिला, पोखरा महानगर २७ का ५२ वर्षीय पुरुष, पोखरा महानगर १९ का ५८ वर्षीय पुरुष, पोखरा महानगरपालिका १२ की ३५ वर्षीया महिला, पर्वत कुश्मा नगरपालिका १३ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो।
Shares

प्रतिक्रिया