राजनीति


देउवाले तीव्र पारे भेटघाट, महन्थ र महतोसँग निवासमै डेढ घण्टा छलफल

देउवाले तीव्र पारे भेटघाट, महन्थ र महतोसँग निवासमै डेढ घण्टा छलफल

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ५:१२,

प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँगको भेटवार्ताहरु तीव्र पारेका छन्।

यसै क्रममा उनले आज आइतबार बिहान जनता समाजवादी पार्टी (राजपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पनि मत नदिएर तटस्थ बस्ने तयारीमा रहेका जसपा अध्यक्ष ठाकुरले वरिष्ठ नेता महतोलाई समेत लिएर काङ्ग्रेस सभापति देउवासंग डेढघन्टा छलफल गरेका छन्।

देउवाको बूढानीलकण्ठ निवासमा तीन नेताबीच बिहान ९ देखि साढे ११ बजेसम्म छलफल भएको थियो।

जसपाकै कारण बहुमत सांसदको हस्ताक्षर बुझाउन रोकिएका देउवासंग ठाकुर र महतोको भेट महत्वपूर्ण हुने देखिन्छ।

अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका ठाकुर र महतो पछिल्लो समय देउवासँग वार्तामा सहभागी हुन थालेका हुन्।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीलाई हटाएर कांग्रस, माओवादी, जसपा र एमालेका असन्तुष्ट पक्ष मिली नयाँ गठबन्धन बनाउने पक्षमा थियो।

यो पनिः
कांग्रेस संसदीय दलको निर्णय: देउवाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad