ad ad

समाज


कोरोना संक्रमणबाट मेयर र वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट मेयर र वडाध्यक्षको मृत्यु

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ३:४९,

कोरोना संक्रमणको कारण डोल्पाका एक मेयर र बाजुरामा एक वडाध्यक्षको मृत्यु भएको छ।

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको कोरोना संक्रमणको कारण शनिबार काठमाडौंमा मृत्यु भएको हो। ललितपुरको सुमेरू अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था गम्भीर भएका बुढालाई केही दिनअघि मात्रै सुमेरु अस्पताल भर्ना गरिएको छ। बिरामी भएपछि उनी केही दिन अघि नै काठमाडौं आएका थिए। उपचारकै क्रममा मेयर बुढाको मृत्यु भएको कर्णाली प्रेदशका मन्त्री नन्दसिंह बुढाले जानकारी दिए।

त्यसैगरी बाजुराको बडिमालिका नगरपालिका- ९ का वडाध्यक्ष विनोदकुमार विश्वकर्माको पनि कोराना संक्रमणकै कारण मृत्यु भएको छ।

अत्याधिक ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले उनलाई केही दिनअघि मात्रै जिल्ला अस्पतालमा भर्ना गरेका थिए। त्यहाँ उनमा संक्रमण पुष्टि भएको थियो।

जिल्ला अस्पताल उपचार असम्भव भएपछि शनिबार दिउँसो डडेलधुरा रिफर गरिएका विक बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .