ad ad

समाज


भारतमा कोरोना संक्रमणविरुद्ध अब पानीमा घोलेर खाने पाउडर औषधि

भारतमा कोरोना संक्रमणविरुद्ध अब पानीमा घोलेर खाने पाउडर औषधि

नेपालखबर
बैशाख २५, २०७८ शनिबार १४:२६,

कोरोनाविरुद्ध खोप लगाउने क्रम चलिरहेका बेला भारतले यसका बिरामीका लागि खाने औषधि पनि बनाएको छ।

भारतको रक्षा अनुसन्धान एवं विकास संगठनले कोरोना संक्रमणविरुद्ध पाउडर औषधि विकास गरेको हो। जसलाई कोरोनाका बिरामीले पानीमा घोलेर खान सक्छन्।

त्यो औषधि आपतकालीन प्रयोगका लागि अनुमतिसमेत प्राप्त भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोनाविरुद्ध ‘२ डीजी’ नामको खाने औषधि संक्रमितमा परीक्षण गर्दा छिटो निको भएको दाबी अनुसन्धानकर्ताले गरेका छन्।

यो औषधि तीन चरणमा परीक्षण गर्दा प्रभावकारी पाइएपछि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .