समाज


अक्सिजन सिलिन्डर लिन सोमबार वाइडबडी चीन जाने

अक्सिजन सिलिन्डर लिन सोमबार वाइडबडी चीन जाने

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ३:५०,

कोरोना संक्रमितको उपचारको लागि अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा निगमलाई अक्सिजन सिलिन्डर लिन चीन जाने तयारी गर्न निर्देशन दिएको छ।

वायु सेवा निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले अक्सिजन सिलिण्डर लिनको लागि चीन उडानको तयारी गर्न मन्त्रालयले आग्रह गरेको जानकारी दिए। ‘कति बजे जाने भन्ने त अझै निश्चित भएको छैन,’ पौडेलले भने ‘तर, मन्त्रालयबाट सोमबार जाने तयारी गर्नु भन्ने निर्देशन आएको छ।’

कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव हुन थालेपछि चीन सरकारले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर सहयोग गर्ने घोषणा गरेको छ।

चीनले सहयोग स्वरुप उपलव्ध गराएको सोही अक्सिजन सिलिण्डर लिन जाने तयारी सरकारले गरेको हो। सरकारले चीनबाट हवाईसँगै स्थलमार्गबाटसमेत अक्सिजन सिलिन्डर ल्याउने तयारी गरेको छ।

‘हामीले वाइडबढीमा एक पटकमा बढीमा ४ सय अक्सिजन सिलिन्डर ल्याउन सक्छौं,’ प्रबन्ध निर्देशक पौडेलले भने, ‘हामीले कति ल्याउनु पर्ने हो सरकारले अझै स्पष्ट पारेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad