समाज


सर्वोच्चको आदेशमा उज्यालो नेटवर्कका पत्रकार रिहा

सर्वोच्चको आदेशमा उज्यालो नेटवर्कका पत्रकार रिहा

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ११:३३,

उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश रिएको छ।

नेपाल पत्रकार महासंघ शाखा ललितपुरका सचिव रामहरी कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा शुक्रबार सुनुवाई गर्दै रिट जारी गर्ने सर्वोच्चले फैसला गरेको गरेको हो।

न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गैरकानुनी रुपमा थुनामा राखिएको ठहर गरेको हो।

फैसलामा भनिएको छ, ‘उच्च अदालत पाटनबाट वैशाख १० गते जारी भएका अन्तरिम आदेशको प्रतिकुल हुने गरी निवेदकलाई पक्राउ गरिएको देखिएको छ। यस प्रकारको विषयमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम तारिखमा राखेर पनि अनुसन्धान तथा अभियोजन गर्न सकिने नै हुन्छ। यस अवस्थामा निवेदकलाई अनुचितर प्रवृत्त धारणा राखि उच्च अदालतको आदेश प्रतिकुल हुने गरी गैर कानुनी रुपमा थुनामा राख्ने कार्य गरेको देखिएकाले तत्काल थुनामुक्त गर्नु।’

सँगै काठमाडौं प्रहरी परिसरले उनीहरुलाई छाडेको छ। गत वैशाख १२ गते तामाङद्वयलाई प्रहरीले पक्राउ गरेको थियो।

उक्त अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर प्रमुख सामन्त गोयलबीच गोप्य सहमती भएको भन्दै समाचार प्रकाशन गरेको थियो। पछि उक्त समाचार गलत भएको भन्दै माफी मागेर हटाएपनि प्रहरीले उनीहरुविरुद्ध नक्कली कागजात तयार गरेको र राज्य विरुद्धको कसुर गरेको आरोप लगाएर पक्राउ गरेको थियो।

समाचार लेखेको विषयमा प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार महासंघ लगायत विभिन्न संगठनले समेत त्यसको विरोध गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad