कोरोना संक्रमण भई अस्पताल भर्ना भएका भारतका अन्डरवर्ल्ड डन छोटा राजनको अस्पतालमा उपचार जारी रहेका अस्पतालले जनाएको छ।
कोरोनाका कारण उनको मृत्यु भइसकेको भनी हिन्दुस्तान टाइम्स लगायतका भारतीय सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए।
नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल सर्भिसेस (एइम्स) मा उपचाररत् उनको शुक्रबार निधन भएको भनी समाचार प्रकाशित गरेका केहि भारतीय सञ्चारमाध्यमहरुले समाचार हटाएका छन् भने केहिले हटाएका छ्रैनन्।
छोटा राजन भनेर चिनिने राजेन्द्र निकल्जे कोरोना भएपछि दुई साताअघि सो अस्पताल भर्ना भएका थिए।
छ वर्षअघि इन्डोनेसियाबाट पक्राउ परेका उनलाई दिल्लीको तिहार जेलमा उच्च सुरक्षाघेरामा राखिएको थियो।
राजनविरुद्ध हत्या र लुटसम्बन्धी महाराष्ट्रमा कम्तिमा ७० वटा फौजदारी मुद्दा दायर भएका छन्।
*यसअघि मृत्यु भएको भनी भारतीय सञ्चारमाध्यममा आधारित समाचार सच्याइएको छ।

प्रतिक्रिया