बंगलादेशले नेपाललाई १० हजार भायल रेम्डेसिभिर उपलब्ध गराउने भएको छ।
सो ओषधि लिन नेपालबाट वैशाख २८ गते चार्टर्ड विमान ढाका जाने भएको हो।
बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रका अनुसार अहिले १० हजार भायल अनुदानमा दिन बंगलादेशले सहमति जनाइसकेको छ।
नेपाली बजारमा त्यसको मूल्य ६ करोड पर्नेछ ।
‘बंगलादेशले अनुदानमा १० हजार भायल रेम्डेसिभिर उपलब्ध गराउने भएको छ’, डा. मिश्रले नेपालखबरसँग भने, ‘त्यसलाई लिन ११ मेमा नेपालबाट विमान जानेछ।’
उनका अनुसार नेपालमा पछिल्लो दिन कोरोना संक्रमणका जटिल बिरामी बढ्न थालेपछि रेम्डेसिभिरको माग बढेको छ ।
‘थप किन्ने विषयमा कुुरा भइरहेको छ । नेपालले मागेजति दिन बंगलादेश तयार छ,’ मिश्रले थपे ।
तर, कति परिमाण किन्ने नेपालसरकारले निर्णय गरेको छैन।
3
Shares
प्रतिक्रिया