उदयपुरको त्रियुगा नगरपालिका ९ का ५० वर्षीय पुलकित चौधरीले कुटपिट गर्दा ३६ वर्षीय भाइ खुशिलाल चौधरीको मृत्यु भएको छ।
प्रहरीका अनुसार गत २० गते राति ८ बजेको समयमा सामान्य विषयलाई लिएर दाजुभाइबीच वादविवाद भई कुटपिट हुँदा घाइते भएका खुशिलालको उपचारको क्रममा ज्यान गएको हो।
खुशिलाललाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागि विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो।
उपचारको क्रममा बुधबार दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
घटनामा संग्लग्न पुलकितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया