समाज


हुम्लामा ८ वर्षीया बालिकाले कसरी गरिन् आत्महत्या?

हुम्लामा ८ वर्षीया बालिकाले कसरी गरिन् आत्महत्या?

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ४:३३,

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा शंकास्पद अवस्थामा ८ वर्षीया बालिकाको मृत्यु भएको छ।

मंगलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी बालिका सञ्जिबा बोहरा अचानक मृत भेटिएकी हुन्।

साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको स्थानीले बताएका छन्।

गोठमा खच्चडलाई प्रयोग गर्ने डोरीले बाँधिएको अवस्थामा बालिका बोहरा मृत भेटिएकी हुन्।

केही स्थानीयले भने बालिकाले आत्महत्या गरेको भनेर प्रचार गरेका छन्। तर ८ वर्षकी बालिकाले कसरी आत्महत्या गरिन् भनेर आशंका उत्पन्न भएको छ।

उनी स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा पढ्थिन्।

खबर पाउनेबित्तिकै दोजम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली पनि घटनास्थल पुगेको छ।

बालिकाको शव सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पताल ल्याएर परीक्षण गरिने प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad