नेकपा माओवादी केन्द्रले आज (बुधबार) संघीय संसद् सचिवालयमा सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी गराउने भएको छ।
मंगलबार बसेको आफ्नो स्थायी कमिटी बैठकले गरेको निर्णयबमोजिम आज माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा बुझाउने भएको हो।
त्यसका लागि माओवादी केन्द्रले प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोली बनाएको छ। आज कुनै समयभित्र समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा बुझाइने माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

प्रतिक्रिया