नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा डुप्लेक्स पीएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको छ।
अब यो सिस्टमबाट ४६ लिटरका १ सय ४० वटा सिलिन्डर अक्सिजन दैनिक उत्पादन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
अक्सिजन उत्पादका लागि कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिन्डर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको छ।
प्रहरीले उक्त सिस्टम यूएन ओप्सको सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा संचालनमा ल्याएको हो।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार उक्त सिस्टमको निरीक्षण गरेका छन्।
त्यस क्रममा उनले अस्पतालका विभिन्न विभागहरू, कोभिड–१९ बाट संक्रमितको उपचार सेवा, नयाँ थप भएका वेड, पीसीआर परीक्षणस्थल लगायतको निरीक्षण गरेका थिए।
सिस्टम सञ्चालनमा आएसँगै अस्पतालको उपचार सेवामा थप सुधार भएको छ।
अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पतालबाट भएका काम कारबाही र उपचारको अवस्थाबारे जानकारी गराएकी थिइन्।

प्रतिक्रिया