समाज


गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ०:१८,

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ। सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन्।

आफू कोरोना पोजिटिभ भएको भन्दै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आउने सबैलाई पीसीआर टेस्ट गर्न पनि आग्रह गरेका छन्।

‘अन्ततः काठमाण्डौं मेडिकल कलेजका अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ। सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैजनाले पीसीआर टेस्ट गर्नु होला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ किजस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ।’

कोरोना पोजिटिभ भए पनि उनी होम आइसोलेसनमा बसेका छन्। अस्पताल भर्ना हुनुपर्ने अवस्था नभएको सपुतको भनाई छ। ‘म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ,’ उनले अगाडि लेखेका छन्, ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौँ तर यसलाई सामान्य भने नठानौँ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ। सतर्कता अपनाउ। सुरक्षित बसौँ ! आसा राखौँ यो माहामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad