कोरोना महामारी रोकथामाका लागि उपत्यकामा आजदेखि निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञाको पहिलो दिन बजार पूर्णरुपमा बन्द छ भने अत्यावश्यक सवारी साधान चलेका छन्।
सहरका विभिन्न स्थानमा प्रहरीले सवारी साधन 'चेकिङ' गरेको छ। पास नभएका सवारी साधानलाई होल्डिङ गरेर राखिएको छ।
प्रहरीले सडकमा डिभाडर राखेर चेकिङलाई चुस्त बनाएको छ।
बजार बन्द हुँदा असनमा केही व्यापारीहरु बन्द सटर अगाडि बसेका देखिन्थे। कोरोनाको पहिलो लहर जेनतेन धाने पनि दोस्रो लहरले अप्ठ्यारो पार्नेसक्ने उनिहरुको भनाई थियो।
होल्डिङमा परेका सवारी चालक आक्रोसित देखिन्थे। पास नभएका उनीहरुले प्रहरीलाई जरुरी काम भएकाले मात्र निस्केको अनुरोध गरिरहेका देखिन्थे।
यस्तै बबरमहल पुग्दा त्यहाँ धेरै सवारी होल्डिङ गरेर राखेको देखियो। सवारी पास नलिइकन चलाइएका सवारीलाई रोकेर राखेको एक सुरक्षाकर्मीले बताए।
सामान ओसारपसार गर्ने सवारीसमेत त्यहाँ रोकिएका थिए। समान ओसारपसार गर्ने मजदुरहरुले त्यहाँ आफूहरुलाई रोकेकोमा आक्रोस पोखिरहेका थिए।
त्रिपुरेश्वर चोकमा प्रहरीको निगरानी देखिए पनि सवारी रोकिएको थिए।
दरवारमार्गमा प्रहरीले सवारी चेकिङ गरेर होल्डिङ सेन्टरमा राखेको छ। ट्राफिकले सडक खाली भए पनि ट्राफिक नियम पालना गर्न भनिरहेको थियो।
न्यूरोड गेटमा पनि प्रहरीले पास नभएका सवारीलाई कडाईका साथ निगरानी गरिरहेको थियो।
भिडिओ :
प्रतिक्रिया