ad ad

समाज


अक्सिजन नपाएको भन्दै सोनु सुदसँग गुहार माग्ने व्यक्तिलाई जेल सजाय हुनसक्ने

अक्सिजन नपाएको भन्दै सोनु सुदसँग गुहार माग्ने व्यक्तिलाई जेल सजाय हुनसक्ने

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ७:१०,

कोरोना भाइरसको नयाँ प्रकारले नराम्ररी प्रभावित भएको भारतमा दैनिक साढे ३ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन् भने सोही अवधिमा ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।

कोरोनाको हटस्पट भारतमा गएको २४ घण्टामा पनि ३ लाख ७९ हजार नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमितले अक्सिजन नपाएरै भारतमा ज्यान गुमाइरहेका छन्। यो सत्य हो। भारतीय संचारमाध्यममा सार्वजनिक रिपोर्टहरुमा मानिसहरु अस्पताल बाहिर छटपटाइरहेको देख्न सकिन्छ।

अस्पतालमा चाप बढेपछि कोरोना संक्रमितहरु अक्सिजनको अभावमा अस्पताल बाहिरै मृत्यु कुरिरहेको बताइएको छ।

यसबीचमा ससांक यादव नामका एक व्यक्तिले आफ्ना मृत्युको मुखमा पुगेका हजुरबाको लागि अक्सिजन अभाव भएको बताउँदै सामाजिक संजालमा सोनु सुदसँग गुहार मागेका थिए।

कलाकार सोनु सुद हाल भारतभर समाजसेवीको रुपमा परिचित छन्। उनले कोरोना प्रकोपका बेला अनगिन्ती मानिसहरुलाई सहयोग गरेका छन्।

तर जब ससांकले अक्सिजन चाँडो चाहेको भन्दै सोनु सुदसँग सहयोगको अपिल गरे उनलाई प्रहरीले सामाजमा त्रास फैल्याएको अभियोग लगाएका छन्।

अक्सिजन अभावको अफवाह फैल्याएको र मानिसहरुमा डर र त्रास फैल्याएको भन्दै उनीविरद्ध मुद्दा चलाइने भएको छ।

उनलाई जेल सजाय पनि हुनसक्ने बीबीसीले जनाएको छ।

यो पनिः भारतका गरिब जनता सरकारलाई भन्दा सोनु सुदलाई बढी विश्वास गर्छन्

भारतमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजन अभाव, अस्पताल बाहिरै मरिरहेछन् मानिसहरु

भारतमा अक्सिजन अभावपछि उत्पन्न भयाे विकराल अवस्था (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .