एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२को इकाइहरु तेस्राे दिनमा नै बिक्री भएको छ।
क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकहरुबाट ११२.३० प्रतिशत इकाइका लागि आवेदन परेको छ।
क्यापिटलले वैशाख १३ गतेदेखि प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो।
फण्डले १५ प्रतिशत एकाइ कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको एकाइ सर्वसाधारणहरुलाई बिक्री गर्नलागेको हो।
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख एकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ।
एकाइ खरिदका लागि आवेदन दिने आज मिति २०७८/०१/१६ गते अन्तिम दिन रहेको छ।
3
Shares
प्रतिक्रिया