समाज


पछिल्लो २४ घण्टामा देशैभर थपिए ४ हजार ८९७ कोरोना संक्रमित, १७ काे मृत्यु

पछिल्लो २४ घण्टामा देशैभर थपिए ४ हजार ८९७ कोरोना संक्रमित, १७ काे मृत्यु

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ११:११,

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७७४ र १२३ गरी कुल ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ।

भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यसैबीच, पछिल्लाे २४ घण्टामा १७ जना संक्रमितकाे मृत्यु भएकाे समेत मन्त्रालयले जनाएकाे छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad