ad ad

समाज


देशैभरका विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने सरकारको निर्णय

देशैभरका विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने सरकारको निर्णय

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ९:२६,

सरकारले देशैभरका विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने निर्णय गरेको छ।

विभिन्न मितिमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन्।

कोरोना संक्रमण बढ्दै जाँदा शैक्षिक संस्थाहरुमा प्रत्यक्ष उपस्थित नभइ भर्चुअल र वैकल्पिक माध्यमबाट शिक्षण गर्ने निर्णय गरिएको उनले बताए।

‘शहरी क्षेत्रमा मात्रै भर्चुअल माध्यमबाट पठनपाठन हुने हो कि भन्ने भ्रम छ। किनकी गाउँमा त इन्टरनेट छैन’ मन्त्री गुरुङले भने, ‘शहरी क्षेत्रमा मात्रै नभएर देशैभर भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णय भएको हो।’

उनले थपे, ‘सरकारले देशैभरका शैक्षिक संस्थामा इन्टरनेट सेवा पुर्‍याउने निर्णय गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .