समाज


बिहीबारदेखि अस्पताल र मलामी जान पनि सवारी पास चाहिने

बिहीबारदेखि अस्पताल र मलामी जान पनि सवारी पास चाहिने

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १३:३५,

आगामी बिहीबारदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालन गर्न अनुमति लिनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा सरकारी कार्यालय र सार्वजनिक सेवा प्रदायक संस्थाले समेत सवारी पास लिनुपर्ने भएको छ। यस्ता कार्यालयले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास चाहिने उल्लेख छ।

विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुले हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने प्रशासनले जनाएको छ।

यीबाहेक अन्य अत्यावश्यक कामतर्फ अस्पताल आउने जाने विरामी कुरुवा र मृत्यु संस्कारमा जानु पर्नेले समेत प्रशासनबाट पास लिनुपर्ने भएको छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहानबाट लागु हुने गरी निशेधाज्ञा जारी गरेका हुन्।

यो आदेश वैशाख २२ गते राति १२ बजेसम्म लागु हुने जनाइएको छ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधान, बिरामी तथा कुरुवा बढीमा दुईजना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गरेका सवारी साधनबाहेक अन्य सवारी साधन काठमाडौंमा प्रवेश गर्न रोक लगाइएको छ।

यो पनिः
बिहीबारबाट के गर्न पाइने के नपाइने? जिल्ला प्रशासनले जारी गर्‍यो यस्तो आदेश (पूर्ण पाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad