अप्रिल ६ मा मकग्रेगरले मुक्का प्रहार गरेको भिडिओ सार्वजनिक भएको थियो।
मकग्रेगर स्वभावैले रिसाहा मानिस हुन्। उनलाई अ्यांग्री फाइटर भन्ने गरिन्छ।
मकग्रेगर युएफसीबाट धेरै धन आर्जन गरिसकेका छन्। उनी आफ्नै देश आयरल्यान्डमा त्यसबेला छुट्टी मनाउन गएका थिए।
सो क्रममा उनी मदिरा पाउने स्थान मार्बल आर्क पब पसेका थिए। त्यहाँ उनले त्यहाँका मानिसहरुलाई मदिरा फ्रिमा पिउन अफर गरेका थिए।

तर सो क्रममा एक व्यक्तिले ‘तिमीले किनेको पिउँदिन’ भनेपछि मकग्रेगर रुष्ट बनेका थिए।
रुष्ट मकग्रेगरले उनीमाथि त्यसपछि मुक्का प्रहार गरेका थिए। ती व्यक्ति ५० वर्षका डसमोन्ड केयो भएको बताइएको छ।
सो मामिलामा मकग्रेगरले हजार युरो फाइन तिर्नुपरेको थियो। यतिबेला मकग्रेगरले अफर गरेको मदिरा नपिउने डसमोन्ड केयोलाई मार्बल आर्क पबमा आजीवन प्रतिबन्ध लगाइएको छ।
मार्काका अनुसार उक्त पब मकग्रेगरले खरिद गरेपछि डसमोन्डलाई उक्त पबमा आउन दिइएको छैन।

प्रतिक्रिया