समाज


परीक्षा पहिले नै प्रश्नपत्र आउट गरेको आरोपमा १० जना पक्राउ

परीक्षा पहिले नै प्रश्नपत्र आउट गरेको आरोपमा १० जना पक्राउ

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ११:४६,

परीक्षा हुनु पहिले नै प्रश्नपत्र बाहिर ल्याएको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

इन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमिस्टारको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पहिले नै बाहिरिएको थियो।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका ४४ वर्षीय कोमलप्रसाद गौतम, संखुवासभाको मादी गाउँपालिका ६ का ३५ वर्षीय गोपाल कार्की, रुपन्देही तिलोचन नगरपालिका १२ का ३० वर्षीय विजय पोखरेल, गोर्खा भिमसेन थापा गाउँपालिका १ का ३२ वर्षीय मिनप्रसाद भट्ट र गोर्खा गण्डकी गाउँपालिका ३ का ३१ वर्षीय भरत पाठक रहेका छन्।

यस्तै, गोर्खाकै गोर्खा नगरपालिका ४ का २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४ का २८ वर्षीय निर्मल खड्का, महोत्तरी रामगोपालपुर नगरपालिका ९ का २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाइन नगरपालिका ७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भई भक्तपुरको लोकन्थली बस्ने २६ वर्षीय महेश यादव रहेका छन्।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मन्जिल मुकारुङले बताए।

गत वैशाख ३ गते पूर्वाञ्चल विश्व विद्यालय गोठगाउँ मोरङमा हुन लागेको परीक्षाको प्रश्नपत्र पहिले नै बाहिरिएपछि विश्व विद्यालयले प्रहरीले अनुसन्धानका लागि आग्रह गरेको थियो।

अनुसन्धानका क्रममा फोटोकपि गर्ने कर्मचारीले सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र बाहिर ल्याएको पाइएको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad