कोरोना संक्रमणबाट सक्रिय संमितको संख्या बढ्दै गएको छ। आज देशभर १९ हजार ३८२ जना सक्रिय संमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार गरेको नियमित प्रेस ब्रिफ्रिङका क्रममा पछिल्लो समय कोरोना संक्रमणबाट सिकिस्त बिरामीको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ।
यही क्रममा बिरामीको संख्या बढ्दै गए आईसीयू र भेन्टिलेटरको अभाव हुने मन्त्रालयले जनाएको छ।
गएको २४ घण्टामा नेपालमा तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ९ हजार २९२ र एन्टिजेन विधिबाट ७८६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।
काठमाडौं उपत्यकामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११ सय ३२ गरी १४ सय ९८ जनामा संक्रमण देखिएको छ।
3
Shares

प्रतिक्रिया