इलाममा दुई दिनदेखि हराइरहेका व्यक्ति जंगलमा ओडारभित्र फेला परेका छन्।
इलाम नगरपालिका ५ बिप्ल्याटेका ३० वर्षीय सन्त लिम्बु शुक्रबार बेलुकादेखि बेपत्ता भएका थिए।
साँझ घरबाट हिडेका लिम्बु नफर्किएपछि आफन्तले खोजी गरिरहेका थिए। आइतबार बिहान इलाम नगरपलिका ५ भोर्लेनी स्थित अलैची खोल्सीको ढुङगाको चेप भित्र घास काट्ने स्थानियले फेला पारेका हुन्।

स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि उनको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी लालध्वज सुवेदीले बताए।
जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीको कमाण्ड तथा अस्थाई प्रहरी बिट बिप्ल्याटेबाट प्रहरी सहायक निरीक्षको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

स्थानीय र प्रहरीको प्रयासमा ढुङगाको चेपभित्र फसेका लिम्बुलाई सकुशल उद्धार गरिएको हो।
उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको छ। उनको अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया