समाज


इराकको कोरोना अस्पतालमा अक्सिजन ट्यांक पड्किँदा आगलागी, २३ जनाको मृत्यु

इराकको कोरोना अस्पतालमा अक्सिजन ट्यांक पड्किँदा आगलागी, २३ जनाको मृत्यु

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ५:३२,

यस घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

राजधानी बग्दादमा शनिबार राति खतिब अस्पतालमा भएको आगलागीमा परेर अन्य दर्जनौँ घाइते भएका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका देखिन्छन्।

इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमिले दुःखद दुर्घटनाको कारण खोल्न तत्काल अनुसन्धान गर्ने भनेका छन्।

इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी सुरू भएको थियो।

अहिलेसम्म आपत्‌कालीन उद्धार समूहले १२० मध्ये ९० जना बिरामी र उनका नातेदारलाई उद्धार गरेका छन्।

अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड–१९ का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad